परराष्ट्रमन्त्री एनपी साउद लागे बंगलादेश

परराष्ट्रमन्त्री एनपी साउद लागे बंगलादेश

काठमाडौंः परराष्ट्रमन्त्री एनपी साउद छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन बंगलादेशको ढाका प्रस्थान गरेका छन् । 

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उनले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार कार्यक्रम यही वैशाख २९ र ३० गते ढाकामा हुँदैछ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् ।

उनी वैशााख ३१ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

वैशाख २९, २०८० शुक्रबार १६:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।