मस्कको घोषणा– ट्वीटरले ६ हप्तामा महिला सीईओ पाउँदैछ

एजेन्सी : एलन मस्कले ट्वीटरले छिट्टै नयाँ सीईओ पाउने बताएका छन्। एक ट्वीट गर्दै उनले ट्वीटरले छिट्टै महिला सीईओ पाउने जानकारी गराएका हुन्।
गत वर्ष ४४ बिलियन डलरमा ट्विटर किनेका मस्कले नयाँ सीईओको नाम भने घोषणा गरेनन्। तर उनले छ हप्तामा काम सुरु गर्ने भने मस्कले जानकारी दिए।
यसपछि आफूले कार्यकारी अध्यक्ष र प्रमुख प्राविधिक अधिकारीको जिम्मेवारी सम्हाल्ने मस्कले बताएका छन्।
अन्य व्यवसायमा ध्यान दिनका लागि मस्क ट्वीटरको सीईओ नियुक्त गर्ने दबाबमा थिए। ट्वीटर किनेपछि उनको ध्यान अन्य कम्पनीभन्दा यता बढि देखिन थालेको थियो।
गत वर्ष, ट्विटर प्रयोगकर्ताहरूले उनलाई अनलाइन पोलमा सीईओको पद छोड्न आग्रह गरेका थिए। त्यसपछि मस्कले चाँडै ट्विटरको लगाम कसैलाई सुम्पने बताएका थिए।
मस्कको यो घोषणापछि उनको कम्पनी टेस्लाको शेयर मूल्य बढेको छ।
शेयरधनीहरूले ट्विटर अधिग्रहणपछि मस्कले टेस्लालाई ध्यान नदिएको आरोप लगाएका थिए। जसकरण कम्पनीको ब्राण्ड भ्यालु घट्दै गएको थियो।
वैशाख २९, २०८० शुक्रबार ०८:४१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।