निगमले काठमाडौं–रेसुङ्गा नियमित हवाइ उडान थाल्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान गर्ने भएको छ।
निगमले एक सूचना निकालेर वैशाख २९ गतेदेखि हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने जनाएको छ।
उक्त विमानको टिकट निगमको कार्यालय, अनलाइन सेवा र नजिकको ट्राभल एजेन्सीबाट खरिद गर्न सकिने सूचनमा उल्लेख छ।
निगमले शुक्रबार विहान साढे ६ बजे काठमाडौंबाट रेसुङ्गाका लागि उडान भर्नेछ भने सोही विहान ७ः४० बजे रेसुङ्गाबाट काठमाडौंका लागि उड्नेछ।
वैशाख २८, २०८० बिहीबार १८:३३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।