थप दुई जहाज किन्ने निगमको तयारी

काठमाडौं : नेपाल वायुसेवा निगमले थप दुईवटा जहाज किन्ने तयारी थालेको छ।
शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको एयरलाइन्सले जनाएको हो।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यस कार्यमा विशेष पहल गरी छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको मिति २०८० वैशाख २६ गतेको संचालक समितिको बैठकले निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।
उक्त उप–समितिले २१ कार्य दिन भित्र प्रतिवेदन बुझाउने गरी कार्य समेत सुरु गरिसकेको उनले बताए। शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन।
वैशाख २८, २०८० बिहीबार १४:२७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।