एसिया कप आयोजनामा भारतकै पक्षमा श्रीलंका र बंगलादेश, मानेनन् पाकिस्तानको हाईब्रिड मोडेल

एसिया कप आयोजनामा भारतकै पक्षमा श्रीलंका र बंगलादेश, मानेनन् पाकिस्तानको हाईब्रिड मोडेल

काठमाडौं : एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तानले अघि सारेको हाईब्रिड मोडेललाई श्रीलंका र बंगलादेशले पनि अस्विकार गरेका छन्।

यससँगै अब एसिया कप पाकिस्तानमा नहुने सम्भावना निकै बढेको छ भने प्रतियोगिता श्रीलंकामा सर्न सक्ने भएको छ। 

पाकिस्तानमा आयोजना हुन लागेको एसिया कप खेल्न भारत पाकिस्तान भ्रमणमा नजाने भएपछि प्रतियोगिताको आयोजना अन्योलमा परेको थियो।

यसपछि पाकिस्तानले एसिया कपमा भारतको खेल जति यूएईमा गर्ने र अन्य खेल पाकिस्तानमै हुने गरि हाईब्रिड मोडेलको प्रस्ताव गरेको थियो।

यस हाईब्रिड मोडेललाई एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पनि अस्विकार गरेको थियो। एसिया कप आगामी सेप्टेम्बरमा हुने तय भएको छ।

एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपको लागि छनोट भएको नेपालले यसपालि पहिलो पटक एसिया कप खेल्दैछ। नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

वैशाख २८, २०८० बिहीबार १३:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।