फिल्म देखाउँछु भनेका छन्, त्यसको प्रतीक्षा छ : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणका विषयमा अनुसन्धान अघि बढेकोमा आफू खुसी भएको बताएका छन्।
पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक सुरू हुनु अगाडि पत्रकारहरूसँग कुरा गर्दै उनले यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले फिल्म देखाउने भनेकोमा फिल्म हेर्न भने बाँकी रहेको उल्लेख गरे।
‘भ्रष्टाचार नियन्त्रण गरौं भनेर लड्दै आएको लडाइँ अहिले आएर अगाडि बढेको छ। त्यसमा म खुसी छु,’ उनले भने, ‘यसमा समर्थन नै छ। दोषी छुट्नुहुन्न। निर्दोष पर्नु हुँदैन।’
‘जसले फिल्म देखाउँछु भनेको छ, त्यो चाहिं सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ,’ उनले थपे।
यसअघि यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल टेलर मात्रै दखाइएको र पूरा फिल्म आउन बाँकी रहेको बताएका थिए।
वैशाख २८, २०८० बिहीबार १२:२४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।