कांग्रेस पदाधिकारी बैठक बस्दै, गर्ला त बालकृष्ण खाँणलाई निलम्बन?

कांग्रेस पदाधिकारी बैठक बस्दै, गर्ला त बालकृष्ण खाँणलाई निलम्बन?

काठमाडौं : नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण पक्राउ परेपछि पार्टीको पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा रहेका पूर्वगृहमन्त्री खाणको बारेमा समेत छलफल हुने बुझिएको छ। 

एक नेताका अनुसार केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा छलफल हुनेछ।

यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने जानकारी दिइएको छ।

वैशाख २८, २०८० बिहीबार १२:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।