एमालेको केन्द्रीय समिति बैठक आजदेखि

एमालेको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं : एमाले केन्द्रीय समितिको बैठक आजदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन दिनसम्म चल्ने बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुनेछ।

यसै हप्ता बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकका लागि छलफल गरिने विभिन्न विषय तय गरेको थियो।

बैठक यसअघि झापामा गर्ने तय भए पनि ललितपुर केन्द्रीय कार्यालयमा सारिएको थियो।

वैशाख २८, २०८० बिहीबार ०७:४३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।