कांग्रेस पदाधिकारी बैठकः महामन्त्रीद्वयले बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठाए

कांग्रेस पदाधिकारी बैठकः महामन्त्रीद्वयले बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठाए

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमरबारे छलफल भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल भएको छ। 

उक्त बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे प्रमुख रूपमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए। 

ती नेताका अनुसार बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। तर यसबारे ठोस निष्कर्ष बिहीबार बस्ने पदाधिकारी बैठकले तय गर्ने उनले बताए। खाँण पार्टी केन्द्रीय सदस्य हुन्। 

वैशाख २७, २०८० बुधबार २०:५३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।