एसियन पेन्ट्सको कलर नेक्स्ट २०२३ सम्पन्न

काठमाडौँ : एसियन पेन्ट्स नेपालले आयोजना गरेको कलर नेक्स्ट २०२३ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल) लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरू सहभागी थिए।
विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश गर्न एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट कार्यक्रमको आयोजना गर्दै आएको छ।
कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नेछन्।
वैशाख २७ मा हायात रिजेन्सी होटेलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमार, एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एसियन पेन्ट्स नेपालका प्रमुख जी गोपालकृष्णनले आफ्ना धारणा राखेका थिए।
वैशाख २७, २०८० बुधबार १८:१६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।