दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटियो

काठमाडौं : दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा बेपत्ता भएका पाँच जनाकै शव भेटिएको छ।
बुधबार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नं. ५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेको थियो।
यसअघि अन्य ४ जनाको शव फेला परेको ठाउँबाट करिब २ सय मिटर तल थापाको शव फेला परेको हो।
वैशाख १९ गते गएको हिमपहिरोमा १२ जना परेकोमा ७ जनाको त्यहिदिन उद्धार गरिएको थियो भने बाँकी पाँच जना बेपत्ता भएका थिए।
वैशाख २७, २०८० बुधबार १७:२३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।