नेप्सेमा सामान्य गिरावट, कारोबार ५८ करोडमा झर्यो

काठमाडौं : कारोबार हुने साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य गिरावट आएको छ।
मंगलबारको तुलनामा बुधबार नेप्से २.४३ अंकले ओरालो लागेर १८४१.९३ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.४५ अंकले ओरालो लागेको छ।
बजार घटेसँगै १३ मध्ये ७ उपसूचक समूह राताम्मे भएका छन्। सबैभन्दा बढि अन्य समूहको इडेक्स ०.७९ प्रतिशतले झर्दा उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले बढेको छ।
बजार घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव कारोबार रकममा परेको छ। २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा बुधबार मात्र ५८ करोड ९१ लाखको कारोबार भयो।
कारोबारको हिसाबले आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी सबैभन्दा बढि ३ करोड ५६ लाखसहित पहिलो स्थानमा रहँदा २ लाख कम कारोबार गरेको नबिल बैंक दोस्रो नम्बरमा छ।
वैशाख २७, २०८० बुधबार १५:२९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।