राप्रपाले बोल्ने समय नपाएको भन्दै संसद्मा गर्यो नाराबाजी, बैठक १५ मिनेट स्थगित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा बोल्न नपाएको भन्दै नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
राप्रपाका सांसदहरुले बुधबार (आज)को बैठकमा बोल्नका लागि आकस्मिक समयको माग गरेका थिए।
तर सभामुख देवराज घिमिरेले आकस्मिक समय दिएनन्। उनले प्रि-बजेट छलफलका कारण आकस्मिक समय दिन नसकिने बताएपछि राप्रपाका सांसदहरुले संसद्मा अवरोध गरेका थिए।
यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो।
वैशाख २७, २०८० बुधबार ११:४२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।