शरणार्थी प्रकरणमा बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र पनि पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।
आजै कांग्रेस नेता खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरीले मैजुवहालमा रहेको डेराको घरबाट पक्राउ गरेको थियो।
स्वकीय सचिव केसीलाई भने जडिबुटीबाट पक्राउ गरिएको हो।
वैशाख २७, २०८० बुधबार १०:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।