विराटनगरको हाटखोला मैदानमा एनसेल कन्सर्ट हुने

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते (शनिबार) कन्सर्ट गर्ने भएको छ।
विषेशगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपालमा रहेका आफन्तजनसँग साङ्गीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ एनसेलले यो साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।
कन्सर्टमा चर्चित कलाकार तथा साङ्गीतिक समूहका प्रस्तुतीहरु रहने छन्। कार्यक्रम दिउँसो २ बजेदेखि सुरु भई राति ९ बजेसम्म चल्नेछ।
कार्यक्रममा दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतीहरु राख्नेछन्।
कन्सर्ट एनसेलको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुनेछ। यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि टिकट निःशुल्क पाउन सक्छन्।
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ।
यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरु पनि उपलब्ध गराउँदै आएको छ।
वैशाख २६, २०८० मंगलबार १३:३१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।