दोषी छैनन् भने टोपबहादुर प्रहरीबाट किन लुकेर बसेको? - सांसद यादव

दोषी छैनन् भने टोपबहादुर प्रहरीबाट किन लुकेर बसेको? - सांसद यादव

काठमाडौं : सांसद प्रदीप यादवले पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भाग्नुले उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेको प्रमाणित भएको बताएका छन्।

रायमाझी नेपालमै रहेको र प्रहरीको सम्पर्कमा रहेको सुनिएको उल्लेख गर्दै उनले नेपालको छवि विश्वमै बिग्रिएकाले दोषीलाई कारबाही गर्न पछि हट्न नहुनेमा जोड दिए।

‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं असुल्ने मुद्दामा फरार माननीय टोपबहादुर रायमाझी अझै पक्राउ पर्नुभएको छैन। यदि उनी दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेको?’ उनले भने, ‘लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि हुन्छ। उनका छोरा पक्राउ पर्नुले झन यसमा बल पुगेको अवस्था छ।’

वैशाख २६, २०८० मंगलबार १२:५६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।