प्रचण्डजीले शरणार्थी प्रकरणको फिल्म देखाउन ओलीजी र देउवाजीसँग मिटिङ गरेको हो कि : सांसद सुवाल

काठमाडौं : नेमकिपाका सांसद प्रेम सुवालले आज प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग बैठक गर्नुको कारण नक्कली शरणार्थी प्रकरणको विषयमा फिल्म देखाउन पो हो कि भनेर व्यंग्य गरेका छन्।
मंगलबार (आज)को संसद् बैठकमा बोल्दै सुवालले भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाइ मानव बेचबिखन गर्ने र अरबौं ठगी गर्ने को-को हुन्। प्रधानमन्त्रीजीले फिल्म देखाउने भन्नुभएको थियो। अहिले दाहालजी, देउवाजी र ओलीजीको मिटिङ भइरहेको त्यो फिल्म देखाउनकै लागि हो कि?’
यसअघि यस शरणार्थी प्रकरणमा केही शीर्ष नेताको नाम मुछिएपछि प्रचण्डले यो ट्रेलर मात्र भएकोले फिल्म देखाउन बाँकी रहेको बताएका थिए।
आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँगै केपी ओली र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।
वैशाख २६, २०८० मंगलबार १२:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।