स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस् : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।
कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन्।
उनले कानुन दिवसको अवसरमा कानुन, न्याय तथा मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका साथै सम्पूर्ण नेपालीहरूमा शुभकामना दिएका हुन्।
वैशाख २६, २०८० मंगलबार १०:५६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।