किन प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली?

किन प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली?

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक चलिरहेको छ।

उक्त बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक विषयका बारेमा छलफलका लागि बैठक बसेको हो।

बैठकमा टीआरसी विधेयक र संवैधानिक परिषद सम्बन्धी विधेयकका विषयमा पनि छलफल हुने बुझिएको छ। हाल नक्कली भुटानी शरणार्थी प्रकरणले पनि राजनीतिक माहोललाई तताएको छ।

वैशाख २६, २०८० मंगलबार १०:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।