खेतमा काम गरिरहँदा चट्याङ लागेर छोराको ज्यान गयो, आमा घाइते

खेतमा काम गरिरहँदा चट्याङ लागेर छोराको ज्यान गयो, आमा घाइते

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने उनकी आमा घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका-३ का १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो।

खेतमा काम गरिरहेको समयमा हिजो (सोमबार) साँझ परेको चट्याङ लागेर नरेशको ज्यान जाँदा उनकी आमा ३९ वर्षीया मीना खत्री घाइते भएकी छन्। चट्याङ लागेर अर्का एक व्यक्ति पनि घाइते भएको बताइएको छ।

उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

वैशाख २६, २०८० मंगलबार ०९:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।