एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं : एमालेको सचिवालय बैठक आज (मंगलबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।

दिउँसो २ बजे बस्ने बैठकमा आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल हुने बताइएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखी ३० गतेसम्म हुने कार्यक्रम छ।

साथै बैठकमा समसामयिक राजनीतिसँगै हाल एमालेले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको बारेमा पनि छलफल हुने जानकारी प्राप्त भएको छ।

वैशाख २६, २०८० मंगलबार ०९:२०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।