यी चार प्रदेशमा आज वर्षाको सम्भावना

यी चार प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही आज बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भू-भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ।

राति भने कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २६, २०८० मंगलबार ०७:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।