भन्सार छलेर ल्याउँदै गरेको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ

भन्सार छलेर ल्याउँदै गरेको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ

रसुवा : भन्सार छली ल्याउँदै गरेको मोबाइलसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेबाट भन्सार छलेर ल्याउँदै गरेको विभिन्न कम्पनीको मोबाइल ३ थान र आइफोनको लोगो भएको आइफोनको ब्याट्री १५ थानसहित २७ वर्षीय चेन जुन्सानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरीले पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा भन्सार छली ल्याएको करिब ४ लाख ७३ हजार रुपैयाँ बराबरको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो।

बरामद सामानसहित उनलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको छ।

वैशाख २५, २०८० सोमबार २०:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।