संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौं : संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको हो।
बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिस गर्नसक्ने आँकलन गरिएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानून, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन्।
वैशाख २५, २०८० सोमबार १८:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।