थप ५७ जनामा कोरोना संक्रमण, ७ जना आईसीयूमा उपचाररत

थप ५७ जनामा कोरोना संक्रमण, ७ जना आईसीयूमा उपचाररत

काठमाडौं : नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९३१ जनामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा २७ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्याङ्क छ।

देशभर १४७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार देशभर ७ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन्।

वैशाख २५, २०८० सोमबार १७:४१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।