दोहोरो अंकले घट्यो नेप्से, एक कम्पनीमा ऋणात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्यो।
सोमबार नेप्से १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा आएर रोकिँदा सेन्सेटिभ परिसूचक २.४१ विन्दुले घटेर ३५२.३६ विन्दुमा झर्यो।
कारोबार उपसूचक समूहहरु पनि सबै ओरालो लागेर राताम्मे भएका छन्। यसदिन सबैभन्दा बढि होटल तथा पर्यटन २.४४ प्रतिशतले ओरालो लाग्दा त्यसपछि जलविद्युत् समूहको कारोबार पनि १.८९ प्रतिशतले ऋणात्मक छ।
कारोबार रकमको हिसाबले पनि सोमबार बजारमा उत्साह छाउन सकेन। २७० कम्पनीका २८ लाख १० हजार ६२७ कित्ता किनबेच हुँदा यसदिन ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भयो।
यसदिन कारोबारका हिसाबले सबैभन्दा बढि शिवम् सिमेन्ट सबैभन्दा अगाडि देखियो। उसले ३ करोड ७८ लाख रुपैयाँको कारोबार गर्दा दोस्रो स्थानमा रहेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीले २ करोड २५ लाखको कारोबार गरेको छ।
सोमबार सबैभन्दा इस्टर्न हाइड्रोपावर कम्पनीले १० प्रतिशतले गुमाएको छ। यो कम्पनीमा आज ऋणात्मक सर्किट लागेको छ।
वैशाख २५, २०८० सोमबार १५:१५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।