टोपबहादुरबारे सोध्दा झोक्किए योगेश भट्टराई

टोपबहादुरबारे सोध्दा झोक्किए योगेश भट्टराई

काठमाडौं : एमालेका सचिव योगेश भट्टराईलाई अर्का सचिव टोपबहादुर रायमाझीको बारेमा सोध्दा उनी झोक्किएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनी झोक्किएका हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने बताइरँदा सञ्चारकर्मीले तपाईंहरूकै पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भन्ने प्रश्न गरे।

त्यसपछि उनले ‘त्यो त उहाँलाई नै सोध्नुस्’ भने।

हजुरहरूलाई त थाहा हुनुपर्ने होइन र भन्ने अर्को प्रश्नमा भट्टराईले झोक्किँदै भने, ‘मेरो त्यो खोज्ने जिम्मा छ? मलाई राज्यले त्यो जिम्मेवारी दिएको छ? तपाईंहरूको चाहिँ दायित्व होइन? तपाईंहरू नै खोज्नुस् न। त्योस्तरको कुरा मलाई नसोध्नुस्।’

वैशाख २५, २०८० सोमबार १४:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।