संसदमै लुगा फुकाल्ने सिंहको स्वास्थ्य जाँच गरियोस् : एमाले सांसद मैनाली

काठमाडौं : एमालेका सांसद अच्युत मैनालीले सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका छन्।
आज (सोमबार)को संसद चलिरहँदा स्वतन्त्र सांसद सिंहले बैठकमै लुगा फुकालेपछि मैनालीले यो माग गरेका हुन्।
मैनालीले संसदमा जे गतिविधि देखिएको छ त्यसको लागि मनानीय सदस्यको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका हुन्।
स्वतन्त्र सांसद सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि आकस्मिक समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्।
यसपछि सभामुख देवराज घिमिरेले मर्यादाको ख्याल गर्न भनेपछि उनले लुगा लगाएका थिए।
वैशाख २५, २०८० सोमबार १२:१०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।