आकस्मिक अवतरण गरिएको श्री एयरको विमान रनवेबाट करिब एक घण्टापछि हटाइयो

काठमाडौं : विमानमा खराबी देखिएपछि भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा नै फर्काइएको छ।
श्री एयरलाइन्सका अनुसार सोमबार (आज) बिहान ९:४० बजे काठमाडौंका लागि उडेको विमानमा समस्या देखिएपछि भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।
विमानको ल्यान्डिङ गियरमा समस्या आएको बताइएको छ।
आकस्मिक अवतरणपछि जहाज भैरहवा विमानस्ठलको रनवेमा नै रहेकाले करिब एक घण्टा अन्य उडान र अवतरण प्रभावित बनेको थियो। हाल भने उक्त विमान रनवेबाट हटाइ सकिएको छ।
वैशाख २५, २०८० सोमबार ११:३८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।