अझै भेटिएनन् मुगुको हिमपहिरोमा हराएकाहरू, उद्धारका ला‍गि हेलिकोप्टरबाट​ सुरक्षाकर्मी पठाइयो

अझै भेटिएनन् मुगुको हिमपहिरोमा हराएकाहरू, उद्धारका ला‍गि हेलिकोप्टरबाट​ सुरक्षाकर्मी पठाइयो

मुगु : च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजीका लागि सोमबार (आज) बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन्।

हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्धारकर्मीले र बेपत्ता भएकाका आफन्त सहित २० जना त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो यार्सा टिप्न गएका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा बेपत्ता छन्।

यसअघि वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट प्रहरी घटनास्थलतर्फ ​​​​​​​हिंडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ। हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको हो।

स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकोप्टर सहित उद्धारकर्मी पठाएको हो।

वैशाख २५, २०८० सोमबार ०९:१७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।