गोलकिपरको गल्तीमा वेस्ट ह्यामसँग १-० ले हार्‍यो म्यानचेस्टर युनाइटेड

गोलकिपरको गल्तीमा वेस्ट ह्यामसँग १-० ले हार्‍यो म्यानचेस्टर युनाइटेड

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्याम युनाइटेडसँग १–० ले पराजित भएको छ।

खेलको २७ औं मिनेटमा युनाइटेडका गोलकिपर डेभिड डि हेयाले गल्ती गर्न पुग्दा बेनरहमाले गरेको गोल नै खेलमा निर्णायक बन्यो।

यो हारसँगै युनाइटेडले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमायो। हारपछि ३४ खेलबाट ६३ अंक रहेको युनाइटेड चौथो स्थानमा कायमै छ।

लिग लिडर सिटीको ३४ खेलबाट ८२ अंक छ।

वैशाख २५, २०८० सोमबार ०७:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।