संसदमा आजदेखि प्रि-बजेटमाथि छलफल हुने

संसदमा आजदेखि प्रि-बजेटमाथि छलफल हुने

काठमाडौं : संसदमा आजदेखि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ। तीन दिनसम्म चल्ने प्रि-बजेट छलफलमा बजेटका सिद्धान्त तथा प्राथमिकताका विषयमा कुरा हुने बताइएको छ।

प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले प्रि-बजेटका बारेमा छलफलका लागि आज (सोमबार)  प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजदेखि वैशाख २८ गतेसम्म प्रि-बजेटमाथि छलफल हुने कार्यतालिका छ। ​​​​​​​जसअनुसार वैशाख २७ गते भने अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका विषयमा जवाफ दिनेछन्।

वैशाख २५, २०८० सोमबार ०७:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।