लखनऊलाई ५६ रनले हराउँदै गुजरात आईपीएलको प्लेअफमा

अघिल्लो संस्करणको विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ ।
टोली चालु सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातको टोलीले ५१ औं खेलमा लखनऊ सुपरजायन्ट्सलाई ५६ रनले पराजित गरेको हो।
लखनऊमा गुजरातको यो लगातार चौथो जित हो। यो सिजन गुजरातले आठौं जित हात पारेको छ । टोलीको १६ अंक भएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनऊले टस जितेर बलिङ रोजेको थियो।
पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
जवाफमा लखनउका ब्याट्सम्यानले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सके ।
दोस्रो खेल राजस्थान र हैदरावादबीच जयपुरमा भइरहेको छ।
वैशाख २४, २०८० आइतबार २०:२२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।