संखुवासभाको चैनपुरमा एकैघरका ४ बालबालिका अचेत अवस्थामा फेला

संखुवासभाको चैनपुरमा आइतबार अचेत अवस्थामा बालबालिकाहरू फेला परेका छन्।
आज बिहान साढे सात बजे चैनपुर नगरपालिका ९ खाम्लिङमा मन बहादुर तामाङका छोराहरू ९ वर्षका मनध्वज तामाङ, ८ वर्षका राजेन्द्र तामाङ, ५ वर्षका निमसाङ तामाङ र छोरी वर्ष ३ वर्षकी सुपरिना अचेत अवस्थामा लडेको अवस्थामा परिवारले फेला पारेका चैनपुर प्रहरीले जनाएको छ।
उनीहरूलाई उपचार गराउन मध्याह्न १२ बजे चैनपुर अस्पताल ल्याइएको छ।
उनीहरू बोल्न नसक्ने अवस्थामा रहेका र थप उपचारका लागि धरानस्थित घोपा रेफर गरिएको छ।
वैशाख २४, २०८० आइतबार १८:३०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।