अब सांसदहरूको पनि ई-हाजिरी हुने, हरेक दिन वेबसाइटमार्फत हाजिरी सार्वजनिक गरिने

काठमाडौं : अब प्रतिनिधिसभाका सांसदहरूको पनि डिजिटल हाजिरी (ई-हाजिरी) हुने भएको छ।
प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले यो अधिवेशनबाटै सांसदहरूको डिजिटल हाजिरी व्यवस्था गर्ने निर्णय भएको हो।
यसअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति कम हुने गरेको थियो भने सांसदहरूको हाजिरी रजिस्टरमा गर्ने व्यवस्था थियो।
अब भने सांसदहरूको डिजिटल हाजिरी हुने र हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले बताए।
‘संसदमा माननीयहरूको उपस्थिति कमजोर छ। सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ उनले भने, ‘माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँछु। संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न निर्देश गर्दछु।’
वैशाख २४, २०८० आइतबार १३:५९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।