नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नेता सुरेन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाली कांग्रेसका नेता आचार्यले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। उनी कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आचार्यलाई मन्त्री नियुक्त गरेका हुन्। यसअघि नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका थिए।
अब यादवलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वैशाख २४, २०८० आइतबार १३:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।