आईपीएलमा आज पाण्डेय दाजुभाइको भिडन्त, लखनउलाई केएल राहुलको अभाव खड्किने

आईपीएलमा आज पाण्डेय दाजुभाइको भिडन्त, लखनउलाई केएल राहुलको अभाव खड्किने

काठमाडौं : आईपीएल क्रिकेटमा आज लिग लिडर गुजरात र लखनउबीच खेल हुँदैछ।

गुजरातको घरेलु मैदानमा हुने यस खेलमा भारतीय क्रिकेटका दाजुभाइ खेलाडी हार्दिक पाण्डेय र क्रुणाल पाण्डेयबीच कप्तानीमा भिडन्त हुने भएको छ।

चोटका कारण लखनउका नियमित कप्तान केएल राहुलले अबका आईपीएलका खेल गुमाएपछि हार्दिकका भाइ क्रुणाल पाण्डेय कप्तान बनेका हुन्।

१० खेलबाट १४ अंकसहित लिगको शीर्षस्थानमा रहेको गुजरात आजको खेल जित्दै प्लेअफमा स्थान पक्का गर्ने दाउमा छ।

उता १० खेलबाट ११ अंकसँगै तेस्रो स्थानमा रहेको लखनाउ पनि जितसँगै प्लेअफ सम्भावना बलियो बनाउने तयारीमा छ।

तर नियमित कप्तान तथा ओपनर केएलको अभाव लखनाउलाई खड्किनेछ।​​​​​​​ केएल नभएपछि ओपनरको रुपमा दक्षिण अफ्रिकाका ब्याटर डे कक खेल्ने सम्भावना बढी छ।

लिगको पहिलो चरणको खेलमा लखनाउलाई गुजरातले ७ रनले हराएको थियो।

वैशाख २४, २०८० आइतबार १२:०८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।