सञ्चार क्षेत्रको पुनः संरचनाको लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री

सञ्चार क्षेत्रको पुनः संरचनाको लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनः संरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन्।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरे।

उनले नेपाली सञ्चार क्षेत्रको पुनः संरचना, सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बन्ने बताएका छन्।

वैशाख २४, २०८० आइतबार ११:४३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।