कांग्रेस नेता सुरेन्द्र आचार्य मन्त्री नियुक्त, शपथ ग्रहण आजै

काठमाडौं : नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आचार्यलाई मन्त्री नियुक्त गरेका हुन्।
उनले आजै दिउँसो साढे १२ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।
हाल नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका थिए।
अब यादवलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वैशाख २४, २०८० आइतबार १०:३१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।