पेनाल्टी खेर फाल्दा ह्याट्रिकबाट चुके गुन्डोगान, सिटी २-१ ले‍ विजयी

पेनाल्टी खेर फाल्दा ह्याट्रिकबाट चुके गुन्डोगान, सिटी २-१ ले‍ विजयी

एजेन्सी : लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको छ। यो जितसँगै सिटीले लिगमा ४ अंकको अग्रता कायम गर्यो।

घरेलु मैदानमा सिटीको जितमा दुवै गोल गुन्डोगानले गरेका थिए। गए राति भएको खेलको १९ औं मिनेटमा गुन्डोगानले सिटीको खाता खोल्दा २९ औं मिनेटमा अग्रता दुगुना पारेका थिए।

यसपछि ८४ औं मिनेटमा पाएको पेनाल्टीमा खेर फाल्दा उनी ह्याट्रिक गर्नबाट भने चुके। लगत्तै लिड्स युनाइटेड​​​​​​​का लागि रोड्रिगोले गोल गरे पनि खेलमा फर्कन पर्याप्त भएन।

यो जितसँगै सिटीले ३४ खेलबाट ८२ अंकसहित लिगमा ४ अंकको अग्रता बनाएको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको आर्सनलको ७८ अंक छ।

वैशाख २४, २०८० आइतबार ०९:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।