रियलले ९ वर्षपछि जित्यो कोपा डेल रेको उपाधि, फाइनलमा रोड्रिगोको दुई गोल

एजेन्सी : स्पेनिस पावर हाउस रियल म्याड्रिडले ९ वर्षपछि स्पनिस कप (कोपा डेल रे) को उपाधि जितेको छ।
गए राति भएको फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि पहिलोपटक कोपा डेल रे च्याम्पियन बनेको हो।
फाइनलमा रियललाई जित दिलाउन दुवै गोल रोड्रिगोले गरेका थिए। खेलको दोस्रो मिनेटमा नै रोड्रिगोले रियलको खाता खोल्दा ५८ औं मिनेटमा लुकास टोरोले ओसासुन्नाको लागि बराबरी गोल फर्काएका थिए।
त्यसपछि ७० औं मिनेटमा रोड्रिगोले दोस्रो गोल गर्दै रियलको उपाधि पक्का गरेका थिए। रियलले कोपा डेल रेको उपाधि जितेको यो २० औं पटक हो।
वैशाख २४, २०८० आइतबार ०७:५२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।