मुगु हिमपहिरो : यार्सागुम्बा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

मुगु हिमपहिरो : यार्सागुम्बा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

जुम्ला : मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाका अनुसार पहिरोमा परेर पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको हो।

यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। अन्य सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको बताइएको छ।

उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

वैशाख २४, २०८० आइतबार ०७:३७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।