पोखरीमा नुहाउन जाँदा डुबेर धनुषामा जुम्ल्याहा बालकको ज्यान गयो

पोखरीमा नुहाउन जाँदा डुबेर धनुषामा जुम्ल्याहा बालकको ज्यान गयो

जनकपुर : धनुषामा पोखरीमा नुहाउने क्रममा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ। पोखरीमा नुहाउने क्रममा डुबेका दुई बालकको उपचारको क्रममा मृत्यु भएको हो।

ज्यान गुमाउनेमा जनकपुरधाम उपमहानगरपालिका २४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन्। उनीहरु दुवै ९ वर्षका थिए।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ​बेदप्रसाद गौतमका अनुसार शनिबार साँझ गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालक डुबेका थिए।

यस लगत्तै दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

वैशाख २४, २०८० आइतबार ०७:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।