संसद्को बजेट अधिवेशन आजदेखि

संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौं : संघीय संसद्को बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह ४ बजेका लागि संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका हुन्।

आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने तथा मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी जानकारी गराउनेछन्।

त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० सभामा पेस गर्ने सम्भावित कार्यसूची छ।

यसका साथै अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

वैशाख २४, २०८० आइतबार ०७:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।