दिल्लीले सजिलै हरायो बैंग्लोरलाई

काठमाडौँ : इन्डियन प्रिमियर लिगको ५० औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई सहजै हरायो।
दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा बैंगलोरले दिल्लीलाई १८२ रनको चुनौती दिएको थियो।
दिल्लीले १६.४ ओभरमा तीन विकेट गुमाएर सहजै लक्ष्य पूरा गर्यो। दिल्लीका फिलिप साल्डले ४५ बलमा ८७ रन लिएका थिए।
यो जितसँगै दिल्लीको प्लेअफको आशा अझै जीवित छ। १० खेलमा दिल्लीले आठ अङ्क बनाएको छ। अङ्क तालिकामा नवौँ स्थानमा आएको छ।
बैंगलोरले पाँच खेल हारेर पाँचौँ स्थानमा छ।
वैशाख २३, २०८० शनिबार २३:४७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।