फिल साल्टको ब्याटिङ चलेको खेलमा दिल्लीसँग ७ विकेटले हार्यो बेंग्लोर

रोयल च्यालेन्जर्स बेंग्लोरले जारी आईपीएलको ५० औं खेलमा दिल्लीविरुद्ध हार बेहोरेको छ।
अरुन जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंग्लोरले दिएको १८२ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर मात्र १६.४ ओभरमा भेट्टायो। ७ विकेटको जित निकाल्न सफल भयो।
दिल्लीको जितमा फिल साल्टले आक्रामक ब्याटिङ गरे। उनले मात्र ४५ बलमा ८७ रन बनाए। हर्सल पटेलको बलमा क्याच आउट हुनुअघि उनले ८ चौका र ६ छक्का प्रहार गरे।
कप्तान डेविड वार्नरलाई २२ रनमै गुमाएको दिल्लीका लागि मिचेल मार्सले २६ रनको योगदान दिए भने रिति रुसोले २२ बलमा ३५ रन बनाए।
लगातार दुई खेलमा जित निकालेपछि दिल्लीलाई केही राहत मिलेको छ। १० खेल खेलेको दिल्लीले मात्र ४ खेलमा जित निकालेको छ। ऊ तालिकाको पुछारमा छ। समान खेलबाट बेंग्लोरको भने १० अंक छ।
विराट कोहली बने आईपीएलमा ७ हजार रन पूरा गर्ने पहिलो खेलाडी
वैशाख २३, २०८० शनिबार २३:१८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।