जगदम्बाको फेब्रिकेटर्स रिवार्ड योजना सार्वजनिक

जगदम्बाको फेब्रिकेटर्स रिवार्ड योजना सार्वजनिक

काठमाडौँ : रामसहायप्रसाद यादवले नेपालमा स्टिल फ्याब्रिकसन उद्योगको विकास र विकासमा महासङ्घ र यसका सदस्यहरूले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।

जगदम्बा स्टील्स लिमिटेडसँगको साझेदारीमा ग्रिल तथा स्टिल फेब्रिकेटर्स महासङ्घ नेपालले गरेको २८औँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।

साधारणसभाको उद्घाटन उपराष्ट्रपति  यादवले गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष मोहन कटुवाल र जगदम्बा स्टिल्सका महाप्रबन्धक मनोज तिवारीले नेपालमा स्टिल फ्याब्रिकेसन उद्योगको महत्त्व, यसको विकास र प्रवर्द्धनमा महासङ्घको भूमिकाबारे प्रकाश पारेका थिए।

महाप्रबन्धक तिवारीले उद्योगका सरोकारवालाहरूलाई एकसाथ ल्याउन, सहकार्य र सिकाइलाई बढावा दिन यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रमले उद्योग विशेषज्ञ, व्यवसायी नेता र सरकारी अधिकारीहरूलाई एकसाथ आउन, विचारहरू आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्नका साथै उद्योगले सामना गरिरहेका चुनौतीहरूको बारेमा पनि छलफल भएको महासङ्घले जनाएको छ।

९औँ राष्ट्रिय सम्मेलन तथा २९औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको वार्षिक साधारणसभामा जगदम्बा स्टिल्सले ग्याल्भाल्यूम रङ्गिन जस्तापाता, जगदम्बा सुपरसाइन र जगदम्बा गाल्भा प्लसका लागि नयाँ अभियान ‘फेब्रिकेटर्स रिवार्ड योजना’ सार्वजनिक गरेको थियो।

अभियान मार्फत जगदम्बा स्टिल्सले आफ्नो ग्याल्भालुम रङ्गिन जस्तापातालाई परियोजनाहरूमा प्रयोग गर्ने महासङ्घका सदस्य फ्याब्रिकेटरहरूलाई रिवार्ड प्रदान गर्दै दुर्घटना बिमाका माध्यमबाट उनीहरूको विकासमा सहयोग र सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।

वैशाख २३, २०८० शनिबार २२:३७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।