सोमबार बस्दै संवैधानिक परिषद्‍को बैठक

सोमबार बस्दै संवैधानिक परिषद्‍को बैठक

काठमाडौं : संवैधानिक परिषद्को बैठक सोमबार बस्ने भएको छ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएसँगै सोमबार साँझ ६ बजेका लागि बैठक बोलाइएको हो।

सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ।

यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषद्को बैठकमा उक्त विषयलाई एजेन्डा बनाइए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन।

महिनौंदेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहँदा संवैधानिक परिषद्का लागि प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब देखिएको छ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ।

वैशाख २३, २०८० शनिबार २१:१७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।