आफ्नै होटलमा काम गर्ने युवती बलात्कार आरोपमा सञ्चालक पक्राउ

दाङ : आफ्नै होटलमा काम गर्ने २० वर्षीया युवती बलात्कारको आरोपमा प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ कपासीस्थित होटलका सञ्चालक सोही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने ४२ वर्षीय डोर बहादुर खत्री रहेका छन्।
उनलाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख २३, २०८० शनिबार १७:२५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।