थप ७६ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
५५ जनाको पीसीआर र १ हजार ५४८ जनाको एन्टीजेन परीक्षणमा ७५ जनामा संक्रमण देखिएको हो। योसँगै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ३ हजार ८२ जना छन्।
मन्त्रालयका अनुसार यो अवधिमा २६ जना कोरोना संक्रमित निको हुँदा देशभर सक्रिय संक्रमितको संख्या १३७ रहेको छ।
वैशाख २३, २०८० शनिबार १५:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।